२०८१ श्रावण १२

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटायो
  • लुम्बिनी खोज
  • २०८० मंसिर २९, शुक्रबार १५:३६ गते

काठमाण्डौं २९ मंसिर ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको छ ।
निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।