२०८१ श्रावण १२

राष्ट्रिय सभा उम्मेदकारको लागि जिल्लाबाट सिफारिस माग्ने कांग्रेस लुम्बिनीको निर्णय
  • लुम्बिनी खोज
  • २०८० पुष २, सोमबार ०९:१६ गते

बुटवल,२ पुस ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार बनाउन प्रत्येक जिल्लाबाट एक एक जनाको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता बुटवलमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट एक एक जनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिने निर्णय गरेको हो । बैठकले हालै सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उपलब्धि मूलक भएको ठहर गर्दे सम्मेलनमा पारित भएका कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेशमा रहेका स्थानीय तहमा नेपाली काङ्ग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न पार्टीको प्रदेश तहबाट टोली खटाउने निर्णय गरेको पार्टीका कार्यालय मुख्य सचिव मोहनराज शर्माले बताए । आजको बैठकमा केन्द्रीय सदस्य तथा सांसद डा चन्द्रकान्त भण्डारीको पनि विशेष उपस्थिति रहेको थियो