२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभा विषयगत समितिमा यी हुन् सभापतिका संभावित उम्मेदवार
  • लुम्बिनी खोज
  • २०८० पुष २, सोमबार १५:१६ गते

 

बुटवल २ पुस ।
लुम्बिनी प्रदेश सभामा विषयगत समितिका सभापति चयन गर्न यही पुस १७ गते निर्वाचन हुने भएको छ । यहा ६ वटा विषयगत समिति रहेका छन् ।प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरका अनुसार सभामुख तुलाराम घर्ती मगरले सभापति चयनका लागि निर्वाचन को मिति तय गरेका छन् । सभामुखले पुस १६ गते उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति निर्धारण गरेका छन् । सोमवार कार्यब्यवस्था परामर्श समितिको बैठकपछि सभामुख घर्तीले मिति तय गरेका हुन । लुम्विनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरुको चयन प्रदेश सभाका सदस्यहरुले सपथ लिएको एकवर्ष पुगेका दिन गरिने भएको छ । लुम्बिनीमा प्रदेश सभा सदस्य ९सांसद०हरुले २०७९ पुस १७ गते सपथ लिएका थिए । यहा दोश्रो प्रदेश सभाको पहिलो अधिबेशन २०७९ पुस १८ मा शुरु भएको थियो । यहा माघ ३ मा सभामुख तथा उपसभामुख चयन भएका थिए ।

लुम्बिनीमा प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति रहेका छन्। यहा १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताए।
यी हुन् सभापतिका संभावित उम्मेदवार
यहा सार्ववनिक लेखा समिति र कृषि वन तथा वातावरण समितिको सभापति एमालेले लिने सहमति गरिएको छ । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले एमालेले तीन वटाको दावी गरेपनि दुई वटाको नेतृत्व लिने गरी तयारी भएको बताए । समिति मध्ये सबैभन्दा महत्वपूर्ण समिति लेखा समिति एमालेले पाउने भएपछि यस समितिमा कसलाई पठाउने भन्नेबारेमा एमालेले तयारी पनि थालेको छ । लेखा समितिको सभापतिमा एमालेले रामजीप्रसाद घिमिरेलाई अगाडी सार्ने संभावना बढी रहेको छ । अर्घाखाचीबाट प्रदेश सभाका लागि दोश्रो कार्यकालका लागि निर्वाचित घिमिरे अघिल्लो कार्यकालमा मन्त्री तथा समितिको सभापति बन्ने मौका पाएका थिएनन् । राजनीति योगदानलाई ध्यान दिदै लेखा समितिमा घिमिरेलाई अगाडी सार्ने सभावना बढी रहेको एमालेका एक नेतालले बताए । यसका अतिरिक्त एमालेले पाउने अर्को समितिमा राजु श्रेष्ठ, खेम शारु, रत्नवहादुर खत्रीलगायत मध्येबाट पठाउने संभावना बढी रहेको छ । पार्टीभित्र र संसदीय दलमा छलफल गरी यसबारेमा टुंगोमा पुगिने एमालेका प्रमुख सचेतक चौधरीले बताए ।
त्यस्तै कांग्रेसले २ वटा समितिको सभापति पाउने संभावना छ । यहा मन्त्रीमण्डलले पनि पूर्णता नपाएकाले कांग्रेसबाट मन्त्रीमा र सभापतिमा जानका लागि सांसदहरुले लविङ गर्दै आएका छन् । यहा अब्दुल रज्जाक, वीरवहादुर राना, सुधाखर पाण्डे, भुवनेश्वर चौधरी, जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपानेलगायतले दावी गरेका छन् । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना सभापति र मन्त्रीहरुको टुंगो अझै लागि नसकेको भन्दै छलफलबाट लाग्ने बताउछन् ।
यता माओवादीले पाउने एक समिति र अर्को विशेषाधिकार समितिमा माओवादी सांसद दिलकुमारी वुढा र स्वतन्त्र बाट निर्वाचित खडक बस्नेतको संभावना बढी रहेको छ । माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारु दलको बैठक बसेर यसबारेमा टुंगोमा पुगिने बताउछन ् ।
लुम्विनी प्रदेश सभामा ८७ जना सदस्य (सांसद) रहेका छन् । यहा १० वटा दलले प्रदेश सभामा प्रतिनिधित्व गर्छन । सत्ता गठबन्धनले साना दलबाट पनि एउटा सभापति बनाउने तयारी गरेको छ । साना दलबाट राजमोले समितिको सभापति पाउने संभावना छ ।