२०८१ श्रावण १२

बुटवल उवासंघमा ड्राईभिङ बस्तुगत समिति गठन
  • लुम्बिनी खोज
  • २०८० पुष ३, मंगलवार १२:३४ गते

बुटवल ३ पुस ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा ड्राईभिङ बस्तुगत समिति गठन गरिएको छ । मंगलबार संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा बसेको बस्तुगत बैठकले कविन्द्रमान श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
उक्त वस्तुगत समितिको उपसभापतिमा श्रीधर अर्घाली, सचिवमा रामबहादुर रायमाझी, कोषाध्यक्षमा कृष्ण देवकोटा तथा सदस्यहरुमा भुपराज सापकोटा, खुमबहादुर खड्का, विश्वास कुवँर, गीता अर्याल पन्त, र मनोज दर्नाललाई चयन गरिएको संघका कार्यसमिति सदस्य बस्तुगत समितिका समन्वयकर्ता लक्ष्मण ज्ञवालीले बताए ।