२०८१ श्रावण १२

कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८० पुष ३, मंगलवार १२:५९ गते

बुटवल ३ पुस ।
लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले स्थानीय तह कानुन निर्माणमा समेत अब्बल नहुदा सम्म सेवा प्रबाहमा चुस्तता नआउने बताए । उनले स्थानीय तह र प्रदेश सभा बिच कानुन निर्माणमा सहकार्य जरुरी रहेको उल्लेख गर्दै कानुन निर्माणमा मात्र नभइ कार्यान्वयनमा पनि जोड दिनु पर्ने बताए।प्रदेस सभा सदस्य रत्न बहादुर खत्रीले स्थानीय तह जनताप्रती अझै जिम्मेवारीका साथ आउन जरुरी रहेको बताउदै कार्य सम्पादनमा साझा चरीत्र देखाउनुपर्नेमा जोड दिए । अन्तरकृयामा कार्यक्रममा नेपालगन्ज उप महानगरपालिकाका प्रमुख ,उप प्रमुख सहित नगर सभाका सदस्यहरु, जानकि र डुडुवा गाउँपालिकाका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । त्यसै गरि ती पालिकाहरुका प्रमुख प्रशासकिय अधिकृतहरुले पालिकाका कानुन निर्माण र कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको काम कर्तव्य र अधिकार तथा अहिले सम्म तयार गरेको एन कानुनको अवस्थाको विषयमा प्रस्तुति राखेका थिए ।
अधिकृत अशोक ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा कार्य ब्यवस्था महाशाखा प्रमुख सम्झना सुबेदीले गाउँ नगर सभा संचालन सम्बन्धि सहजीकरण गरेकी थिइन् ।