२०८१ कार्तिक ६

रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो
  • लुम्बिनी खोज
  • २०८० पुष ४, बुधबार १६:१९ गते

बुटवल,४ पुस ।

रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको जनाएको छ ।

यस्तै नेपाल मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन मन्त्रालयले अडान राखेको छ ।