२०८१ श्रावण १२

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
  • लुम्बिनी खोज
  • २०८० पुष ६, शुक्रबार ११:४० गते

बुटवल,६ पुस ।

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।