२०८१ श्रावण १२

कोरापानी बचत समुहको प्रथम भेला ,अध्यक्षमा यदुमणी पोखरेल
  • लुम्बिनी खोज
  • २०८० पुष ७, शनिबार १०:४८ गते

बुटवल, ७ पुस ।
गुल्मीको जैसिथोक कोरापानी जन्मस्थलो भई रुपन्देही जिल्लामा कर्मथलो हुनेहरुका बिच बुटवलको बेलबासमा प्रथम भेला सम्पन्न भएको छ ।
कार्यक्रम भेला सहभागी मध्येबाट जेष्ठ ब्यक्तित्व नरेन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । जन्मथलो गुल्मी जैसिथोक कोरापानी भई हाल कामको शिलसिलामा रुपन्देहीको बिभिन्न स्थानमा बसोबास गर्नेहरुका बिच सहयोग र आपसी भाइचाराको सबन्ध बिकास गर्न र आर्थिक समस्यालाई सामुहिक रुपमा समाधान गर्न कोरापानी बचत समुह स्थापना भएको बताइएको छ ।
भेलाले यदुमणी पोखरेलको अध्यक्षतामा सात सदस्ययीय नया कार्यसमिति गठन गरेको छ ।

जसको सचिवमा दिपक पोखरेल र कोषाध्यक्षमा प्रकाश पोखरेल रहेका छन । त्यस्तै सदस्यहरुमा भरत पाण्डे, कमल भण्डारी , नरेश पोखरेल र सिता पोखरेल रहेका छन ।
हाल ६० जना सहभागी रहेको बचत समुहलाई प्रक्रियागत रुपमा सहकारी रुपमा दर्ता प्रक्रिया अगाडी बढाइने अध्यक्ष यदुमणी पोखरेल भनाइ रहेको छ ।
कार्यक्रमा तारा प्रसाद खनाल ,शिवलाल पोखरेल ,चक्रपाणि पोखरेल , ज्ञानेश्वर पोखरेल , कमल पोखरेल ,चुरामणी गिरी , प्रकाश पोखरेल ,डेमलाल पोखरेल,तेजप्रसाद पोखरेल , बाबुराम भण्डारी लगायतले बचत समुहको बारेमा अआफनो धारणा राखेका थिए ।