२०८१ श्रावण १२

पार्टीमा मेलमिलाप आवश्यक रहेको छ – सभापति देउवा
  • लुम्बिनी खोज
  • २०८० पुष ७, शनिबार १६:४८ गते

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको बताएका छन् ।

वाग्मती प्रदेश सम्मेलनलाई संबोधन गर्दै सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’

देउवाले देश दोधारमा उभिएको बताएका छन् । “देश अहिले संक्रमणकालमा उभिएको छ । कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो महत्वपूर्ण कुरा हो,” उनले भने ।