२०८१ श्रावण १२

सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस
  • लुम्बिनी खोज
  • २०८० पुष ८, आईतवार ०८:४७ गते

काठमाण्डौं ८ पुस ।
उच्च अदालतको न्यायाधीशमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल भट्टराई सिफारिस भएका छन् । आइतबारको न्याय परिषदले कुँवर र भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालत पाटन तथा सर्वोच्चकी रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस भएका हुन्।

यसैगरी, परिषद्ले राजस्व न्यायाधीकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपर नेपालगन्ज इजलासका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्नसमेत परामर्श दिएको छ।

परिषद् बैठकले उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारूलाई उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।