२०८१ श्रावण १२

उद्योग संघले बनायो दुई वर्ष कार्ययोजना
  • लुम्बिनी खोज
  • २०८० पुष ८, आईतवार १३:३६ गते

बुटवल, ८ पुस ।
रुपन्देही उद्योग संघले आगामी दुई वर्षमा गर्ने कार्ययोजना तयार गरेको छ । चितवनको सौराहमा सम्पन्न तीन दिने कार्ययोजना कार्यशाला गोष्ठीले दीगो आर्थिक व्यवस्थापन, सम्बन्ध बिस्तार प्रभावकारी सेवा र प्रवद्र्धनका विषयमा विशेष योजना बनाउँदै संघले रणनीति बनाएको हो ।
संघमा नयाँ नेतृत्व आएपछि त्यो नेतृत्वले दुई वर्षे कार्ययोजना बनाउने योजना अनुरुप आगामी दुई वर्षको कार्ययोजना बनाउन पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुसहिको तीन दिने कार्यशाला गरिएको अध्यक्ष दिलिप सापकोटाले बताए ।
उनले अग्रज, संस्थापक उद्योगीहरुको उद्देश्यलाई ध्यान दिँदै संस्थाले आगामी कार्यकालमा पूरा गर्नसक्ने योजनालाई समेटेर मात्रै रणनीति तय गरेको र उद्योगीहरुले अपनत्व गर्नेगरी संघलाई अगाडि बढाइने जनाए ।
कार्ययोजना बैठकमा प्रशिक्षक इन्द्र श्रेष्ठले संस्थाको रणनीति र कार्ययोजनाका विषयमा सहजीकरण गरेका थिए । कार्ययोजना समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग संघको इतिहासलाई जोगाउने र उद्योगीको हित र संरक्षणलाई जोगाउँदै अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका थिए ।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले तीन दिने कार्यशालाले संस्थाको आगामी योजना बनेको र सबैको साथमा त्यो योजना पूरा हुने बताए । संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले संस्थाको श्र्रोत परिचालन, उद्योगीका समस्या पहिचान र संस्थागत विकासका योजनामा रणनीति तयार गरेको जानकारी दिए ।
संघका प्रथम उपाध्यक्ष जीवकान्त काप्mले, महासचिव हिरामणी भट्टराईले कार्यशाला गोष्ठीले आगामी दिनमा संघका कार्यक्रम अझ प्रभावकारी बनाउन मद्दत मिल्ने धारणा राखेका छन् ।