२०८१ श्रावण १२

लुम्बिनी एक्स्पोको पाचौं दिन, एकै दिन ६० हजार दर्शक
  • लुम्बिनी खोज
  • २०८० पुष ९, सोमबार १४:४१ गते

बुटवल, ९ पुस ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार मेलाको अवलोकन गर्न उल्लेख दर्शकहरु प्रदर्शनी स्थल पुगेका छन् ।
सार्वजनिक विदाको दिन परेका कारण दर्शकको विहानैबाट बाक्लो उपस्थिति रहेको थियो । विहान १० बजेबाट सुरु भएको टिकट विक्रिका लागि काउन्टर खुल्ला गरिएको भए पनि अवलोकन कर्ताहरु सो समयभन्दा अगाडिदेखि नै लाइनमा बसेका थिए । टिकट लिएर अवलोकन गर्न आएका दर्शकहरुलाई लाइनवद्ध बनाएर सजिलै प्रवेश गराउन आयोजकहरु सक्रिय रहेका थिए ।
संघले अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा नयाँ व्यवस्थापनका साथ आयोजना गरिएको एक्स्पोमा अवलोकनका क्रममा दर्शकहरुले कुनै समस्या झेल्नु परेको थिएन । एक्स्पो मुल आयोजक समितिका सदस्य सचिव तथा रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीका अनुसार सोमवार मात्र एकै दिन करिव ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । अवलोकनका लागि आएका दर्शकहरुले खाद्यान्न, कपडा, कस्मेटीक, साबुन, चिया तथा कृषि उत्पादनका स्टलहरुमा बढी चासो राखेका थिए । सोमवार मात्र करिव ३० लाखको आर्थिक कारोवार भएको अनुमान गरिएको छ ।
दर्शकहरुको आर्कषणको क्षेत्र प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । सोमवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी, गायिका एवं प्रस्तोता मञ्जु पौडेल, बसन्त लम्साल, मञ्जु भट्टराई तथा हास्य कलाकार पुर्खे बाको प्रस्तुति रहेको थियो ।
दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र खस्यौली रोधि क्लब प्रा.लि. बुटवलकावीच प्रतिस्पर्धा भएको छ । डान्स आइडल २०८० अन्तरगत आइतवार टप १० को प्रस्तुति रहेकोमा त्यसबाट सोमवार भोटिङको आधारमा एक जना बाहिरिएका छन् । सोमवार ९ जनाको प्रस्तुति रहेको थियो ।

 

 


मंगलवार सांस्कृतिक कार्यक्रम अन्तरगत चर्चित आधुनिक गायीका प्रिती आले आउने भएकी छन् । त्यसैगरि गायक विधान कार्कि, गायीका रितु थापा, गायक रामप्रसाद पाण्डे र हास्य कलाकार टिकाराम साहित्यको प्रस्तुति रहने मेला सांस्कृत उपसमितिका संयोजक प्रकाश पौडेलले बताए । दोहोरी गित प्रतियोगिता अन्तरगत प्रितम पोखरेल–सर्मिला विसी(काठमाडौं) र गोधुली रोधि साझ, बुटवलकावीच प्रतिस्पर्धा हुने छ ।