२०८१ श्रावण १२

प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दोमा नवीनका ५ विद्यार्थीलाई पदक
  • लुम्बिनी खोज
  • २०८० पुष १०, मंगलवार १०:२१ गते

बुटवल १० पुस ।
रामापुर तेक्वान्दो डोजाङ्ग द्वारा आयोजित प्रथम लुम्बिनी प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८० मा नवीन औद्योगिक कदर बहादुर रीता मा. बि. का ५ जना विद्यार्थीले पदक जित्न सफल भएका छन् ।

 

तेक्वान्दो प्रशिक्षक गणेश बहादुर कुवरका अनुसार तेक्वान्दो खेलाडी ३१ केजी तौल समुहमा कृस आले तृतीय , ५४ केजी तौल समुहमा प्रीन्स के सि तृतीय , ५० केजी तौल समुहमा अमिन उचाई तृतीय , ५६ केजी तौल समुहमा बेलिस्मा श्रेष्ठ तृतीय र ४४ केजी तौल समुहमा करिना चौधरीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । खेलाडीहरुलाई तेक्वान्दो प्रशिक्षक कुवरले बधाई ज्ञापन गरेका छन् ।