२०८१ श्रावण १२

सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण
  • लुम्बिनी खोज
  • २०८० पुष ११, बुधबार ११:४३ गते

बुटवल ११ पुस ।
रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागितामा यान्त्रीकरण वितरण गरिएको हो ।
सैनामैना नगरपालिका पशु विकास शाखाले बुधबार गरेको कार्यक्रममा नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले म्याट ५० पिस, ब्रस कटर १२ पिस, विधुतीय च्यापकट १७ पिस किसानलाई हस्तान्तरण गरेका हुन् ।
चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यावसायिक कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काकाले बताए ।
नगर प्रमुख शर्माले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गर्दा काम गर्न किसानलाई सहजहोस भन्ने उदेश्यले सामाग्री वितरण गरिएको बताए । यान्त्रीकरणको प्रयोगका कारण उत्पादत्व वृद्धि भन्दै उनले कृषि क्षेत्रको विकासका लागी नगरपालिका सधै तयार रहेको पनि बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका वडा न.४का वडा अध्यक्ष राम प्रसाद अधिकारीले किसानको आवश्कतालाई ध्यान दिदै अनुदानमा आधारित सामाग्री वितरण गरेको बताए । नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको उनको भनाइ छ ।यान्त्रीकरण सामाग्री पाएपछि किसानले खुशी व्यक्त गरेका छन् ।