२०८१ श्रावण १२

नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाब यात्रा सम्पन्न
  • लुम्बिनी खोज
  • २०८० पुष ११, बुधबार १५:०० गते

 

बुटवल ११ पुस ।
नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भएको ढिलाईप्रति ध्यानाकर्षण गराउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले शुरु गरेको दबाब यात्रा बुधवार सकिएको छ । रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सोमबारदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्रा थालिएको थियो । यात्रा बुधवार साझ बुटवल आइपुगेपछि समापन गरिएको छ । यात्रा बुटवलमा अध्यक्ष लामिछानेले सम्बोधन सगै समापन गरेका छन् ।
उनले यात्राका क्रममा स्थानियले धेरै माया ममता दर्साएको र देश बनाउन तपाइहरु लाग्नुहोस् भन्ने शुभकामना दिएको बताए । धुलो खुवाउनेलाई जनताले धुलो चटाइदिने भन्दै उनले आफूहरुको लक्ष्य नेपाली जनताको दुःख हटाउनु रहेको बताए ।
नारायणगढ–बुटवल सडकको दबाब यात्रापछि अब लामो समयसम्म अवरुद्ध रहेका निर्माण आयोजनाहरु समयमै सम्पन्न गराउने अभियान थालनी भएको समेत बताए ।