२०८१ श्रावण १२

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ
  • लुम्बिनी खोज
  • २०८० पुष १२, बिहीबार १२:४७ गते

काठमाण्डौं १२ पुस ।
सरकारले आर्थिक वर्ष ०८०र८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ रहेको थियो । सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको हो ।

यसैगरी, सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ।