२०८१ श्रावण १२

लुम्बिनी प्रदेशमा एक दिनमै ८८४ सवारी कारवाहीमा
  • लुम्बिनी खोज
  • २०८० पुष १२, बिहीबार १५:५२ गते

बुटवल १२ पुस ।
लुम्विनी प्रदेशमा बिहिवार एकैदिन मै ८ सय ८४ वटा सवारी साधन कारवाहीमा परेका छन् । प्रदेशका १२ वटा जिल्लामा प्रहरीले सवारी साधन चेकजाच गर्ने क्रममा सवारी नियम उल्लघंन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार सबै भन्दा धेरै सवारी साधन कारवाही रुपन्देहीमा भएका छन् । रुपन्देहीमा बिहिवार १ सय ८२ वटा सवारी साधन कारवाहीमा परेका छन् यहा १ लाख ४८ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
टाफिक नियम उल्लघन गर्नेहरु बाकेमा १ सय ५१ कारवाहीमा परेका छन् । ती बाट बिहिवार १ लाख १९ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
त्यस्तै कपिलवस्तुमा १ सय १३ वटा कारवाहीमा पर्दा ७६ हजार राजश्व संकलन भएको छ । दाङमा १ सय १२ वटा कारवाहीमा पर्दा ८१ हजार रुपैया संकलन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये कम सवारी कारवाहीमा रुकुम पूर्वमा परेका छन् । यहा ६ वटा कारवाहीमा पर्दा ४ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले कारवाहीमा पर्ने सवारी साधनमा धेरै २ पाङग्रे सवारी साधनहरु रहेको बताएका छन ।
लुम्विनी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न तथा ट्राफिक नियमको पालना गराउन सचेतना कार्यक्रमहरु पनि निरन्तर सञ्चालन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार बिहिवार १२ जिल्लाका विभिन्न स्थानमा भएका ४५ वटा कार्यक्रमबाट २ हजार १ सय ३१ जना लाभान्वित भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार सचेतना कार्यक्रमहरु प्रभावकारी वन्दै गएका छन् । टाफिक नियमको पालना नगर्ने प्रवृति रहेका कारण सवारी दुर्घटना बढ्ने भन्दै नियम पालना गरेमा टाफिक ब्यवस्थापनमा धेरै सहज हुन प्रहरीको भनाइ छ ।