२०८१ श्रावण १२

बुटवलको मेलामा दर्शकहरुको भिड
  • लुम्बिनी खोज
  • २०८० पुष १३, शुक्रबार १४:३० गते

बुटवल, ।
रुपन्देही व्यापार संघको आयोजनामा पुस ५ गतेबाट ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा अवलोकनकर्ताहरुको भिड दैनिक बढ्न लागेको छ । मेला सचिवालयका अनुसार आज पनि धेरै दर्शकहरुको भिड रहेको थियो । मेलामा जानेहरुले स्टलहरुको अवलोकन साथै सामान खरिद तथा सास्कृतिक कार्यक्रमबाट मनोरञ्जन लिएका थिए ।

मेला सदस्य सचिव दयानिधि भण्डारीले अवलोकन कर्ताहरुले रुचिपूर्वक अवलोकन गर्ने गरेको बताए । व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्णप्रसाद घिमिरेले मेलामा विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरुको दैनिक भिडभाड रहेको बताए । मेलामा सहभागिता बढ्दो रहेसगै आयोजकमा उत्साह थपिएको छ । विभिन्न संघ सस्थाबाट सस्थागत रुपमा मेलाको अवलोकन भएको थियो ।
मेला आयोजक मूल समिति संयोजक एवं संघका अध्यक्ष घिमिरेका अनुसार मेलाको करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने अनुमान गरिएको छ ।
मेलाका ६०० स्टल सहभागि गराइएको छ । मेलामा होटल तथा रेष्टुरेन्ट २३, उनी, गार्मेन्ट तथा तयारी पोशाक, अन्तर्राष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग जुत्ताचप्पल ६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी ७८, श्रृंगार, उपहार तथा खेलौना ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान ५३, बैंक÷वित्तिय संस्थाएवं शैक्षिक संस्था १८, अटोमोवाइल्स, लुुब्रिकेशन, टायर तथा पार्टस् ६,आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा बेकरीज १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस ८ र औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेका छन् ।
संयोजक घिमिरेका अनुसार कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निःशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको छ ।