२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभा विषयगत समितिका सभापतिको निर्वाचन स्थगित
  • लुम्बिनी खोज
  • २०८० पुष १५, आईतवार ०९:०२ गते

बुटवल १५ पुस ।
लामो समयपछि तय भएको लुम्बिनी प्रदेश विषयगत समिति सभापतिको निर्वाचन विशेष कारणवश स्थगित भएको छ। प्रदेश सभासचिव दुर्लभकुमार पुनका अनुसार १७ पुसलाई तोकिएको निर्वाचन स्थगित गरिएको हो।

आइतबार सूचना जारी गरी अर्को सूचना नआउँदासम्मका लागि निर्वाचन स्थगित गरिएको सचिवालयले जनाएको छ। प्रदेशका ६ वटा विषयगत समितिले अझै पनि पूर्णता पाउन सकेका छैनन्।
यहा प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।