२०८३ जेष्ठ ५
बुटवल १६ पुस ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ८.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६०.१५ अंकमा कायम भएको छ ।
आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर एक लाख दुई हजार नौ सय पाँचपटक खरिद–बिक्री हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँबराबरको कारोबार भएको छ ।