२०८१ श्रावण १२

नेप्से सूचक ३० अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० पुष १७, मंगलवार १३:१५ गते

 

बुटवल १७ पुस ।
सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । मंगलवार नेप्से ३० अंकले घटेको छ । केही दिन यताका शेयर बजारमा निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो ।

आज ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । आज १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.७५ अंकले घटेको थियो ।
सोमवार विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर एक लाख दुई हजार नौ सय पाँचपटक खरिद–बिक्री हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँबराबरको कारोबार भएको थियो ।