२०८१ श्रावण १२

नवीनमा खेल सप्ताह शुरु
  • लुम्बिनी खोज
  • २०८० पुष १९, बिहीबार १३:१७ गते

बुटवल १९ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा खेल सप्ताहको शुभारम्भ विहीबार गरिएको छ ।
उक्त खेल सप्ताहको शुभारम्भ गर्दै विद्यालयका संरक्षक बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यार्थीहरु पठनपाठन र खेलकुदलाई सन्तुलनमा लैजान आग्रह गर्दै विद्यालयले पठनपाठन, खेलकुद र सास्कृतिक कार्यमा समेत अग्रता कायम गर्दै अगाडि बढेकोमा खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षक अभिभावकहरुको मेहनतको कारणले विद्यालयले गतिलिएको धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० को अवशरमा खेलाडी पहिचान तथा माघ ४ गते देखि सञ्चालन हुने पाँचौ बुटवल उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितालाई लक्षित गरी खेल सप्ताह आयोजना गरिएको बताए ।
उक्त अवशरमा वडा अध्यक्ष क्षेत्रीले फुटवलका टिम क्याप्टेनलाई फुटवल हस्तानतरण गरेर खेलको शुभारम्भ गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा खेल प्रशिक्षक नवराज खरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विपद चौधरी, केशव भण्डारी, दर्शन वि.कले सहजीकरण गरेका थिए ।