२०८१ श्रावण १२

नेपाल र भारतबीच चार सहमतिमा हस्ताक्षर
  • लुम्बिनी खोज
  • २०८० पुष १९, बिहीबार १६:२३ गते

काठमाडौ,१९ पुस ।

नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

भारतका विदेशमन्त्री एस जयशंकरको दुई दिने नेपाल भ्रमणका क्रममा दुई देशका ऊर्जा सचिवले विद्युत् खरिद सम्झौता (पीटीए)मा हस्ताक्षर गरेका छन् । यससँगै जलविद्युत उत्पादनको क्षेत्रमा पर्याप्त सम्भावना रहेको नेपालले बिजुली व्यापारमा असीमित बजारको पहुँच पाएको छ ।लामो पर्खाइ र अन्यौलतापछि नेपाली जलविद्युतले पूर्ति गर्नै नसकिने मागसहितको असीमित बजारमा पहुँच पाएको हो । पीटीए सम्झौतामा नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने उल्लेख छ । यो नेपाल र भारतबिच भएको पहिलो दीर्घकालीन विद्युत् व्यापार सम्झौता हो ।

हालसम्म नेपालले भारतसँग अल्पकालीन सम्झौता गर्दै आइरहेको छ । र, यो सम्झौता नेपाल विद्युत् प्राधिकरणको तहबाट हुँदै आएको छ । ऊर्जा सचिवस्तरीय सम्झौतासँगै नेपालसँग तीन विकल्प हुनेछन् । प्राधिकरणले आफ्नो अनुकूलताअनुसार भारतसँग बिजुली खरिद–बिक्री गर्न पाउनेछ ।