२०८१ श्रावण १२

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित
  • लुम्बिनी खोज
  • २०८० पुष २१, शनिबार १५:५० गते

बुटवल, पुस ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले गौतमको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत, कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा टोपराज शर्मा, अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।
यस अघिसंसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले शुक्रबारदेखि लुम्बिनीमा २ दिने संसदीय पत्रकारका लागि क्षमता अभिवृद्वि तालिम सुरु गरेको थियो।

कार्यक्रमलाई संबोधन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले संसद र सरकारलाई सहि बाटोमा लैजान पत्रकारहरूको महत्वपूर्ण भुमिका रहने बताए । उनले संसदीय मामिलाको रिपोर्टिङ गर्ने पत्रकारहरू आझै थप जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा उपसभामुख मेनुका खाँण केसीले पत्रकारहरू दलिय संकर्णता र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसदका गतिविधि बाहिर ल्याउनुपर्नेमा जोड दिदै उनले संसदमा उठेका बिषयवस्तुहरू जस्ताको तस्तै बाहिर ल्याउनुपर्ने तर्क राखिन।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अमृता अनमोले कार्यक्रमको उदेश्य र औचित्यबारे प्रकाश पारेका थिए भने सञ्चालन समाजका कोषाध्यक्ष लक्ष्मण पोखरेलले गरेका थिए ।

दुई दिनसम्म चलेको कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुका पत्रकारहरूको सहभागीता थियो । तालिममा प्रमुख प्रशिक्षकको रूपमा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन, संघीय संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल, प्रदेश संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष अमृता अनमोल लगायतले सहजिकरण गरेका थिए ।

अधिवेशनले नौ बुँदे लुम्बिनी घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ । यसैगरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ ।
यसअघि अधिवेशनको उदघाटन लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारकाललाल लामाले गरेका थिए ।