४ जेष्ठ २०८१, शुक्रबार

गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको साधारण सभा सम्पन्न
  • लुम्बिनी खोज
  • २१ पुष २०८०, शनिबार १६:५७

बुटवल, पुस ।
गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको चौथो साधारण सभा एबं बनभोज एक कार्यक्रमका बिच संकरनगर बनबाटीकामा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले जन्मथलो गुल्मी जैसिथोक भई बिबिध कारणले रुपन्देही र यसको सेरोफेरोमा बस्नेहरुका बिच आपसी सहयोग आदान प्रदान गर्ने उदेस्यले समाज गठन गरिएको बताए । उनले सोही उदेश्य अनुसार समाजले आगामी दिनहरुमा गर्ने कामको बारेमा चर्चा गरेका थिए । समाजलाई आगामी दिनमा आर्थिक रुपमा सबल बनाउन सहकारी संचालनको प्रक्रिया अगाडी बढाउने उनको भनाई रहेको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजका संस्थापक अध्यक्ष सुनील पोखरेले कामको सिलसिलामा जन्म स्थान छाडेपछि समाज माफर्त जन्मभुमिको माया गर्ने एकै ठाउ रहने गरी सुख दुखमा सरसहयोग आदान प्रदान गर्ने पबित्र उदेश्यले समाज गठन गरिएको भनाई राखेका थिए ।
कार्यक्रममा बोल्दै समाजसेबी एबं पुर्ब शिक्षक लक्ष्मण पोखरेलले समाज निरन्तर सकारात्मक काममा निरन्तर अगाडी बढनु पर्ने बताए । समाज स्थापना पछि समाजको माध्यमबाट बिभिन्न क्षेत्रमा बसोबास गर्ने जैसीथोक बासीलाई एकताबढ बनाउन र समेटन आग्रह गरे ।
समाजको चौथो बार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन समाजका अध्यक्ष राजेन्द्र कुवरले प्रस्तुत गरेका थिए । समाजको कोषाध्यक्षको आय ब्यय प्रतिबेदन नारायण पोखरेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन समाजका सचिव दिपक पोखरेलले गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार तारा खनाल एबं आजीबन सदस्यहरु र साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
साधारण सभासंगै बनभोजको समेत आयोजना गरीएको थियो । कार्यक्रममा सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।