२०८१ श्रावण १२

खाना महोत्सवमा नवीनका विद्यार्थीहरुलाई भ्याइनभ्याई
  • लुम्बिनी खोज
  • २०८० पुष २२, आईतवार १४:१५ गते

विज्ञान प्रर्दशनीमा स्मार्ट सिटि देखि सौर्य ग्रहणसम्म
बुटवल, २२ पुस ।
नमुना विद्यालय मध्येको एक बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरका विद्यार्थीहरु अन्य दिन भन्दा आइतवार भिन्दै काममा ब्यस्त देखिए । उनीहरु आफूले बनाएका कामहरुको प्रर्दशन देखि खाना पकाउन र खुवाउनमा ब्यस्त देखिए । विद्यालयले आइतबार ४८ औं वार्षिकोत्सव मनाइरहदा समारोह स्थलमा विद्यार्थीहरुले राखेका विज्ञान प्रर्दशनी देखि खाना महोत्सव सम्मले धेरैको ध्यान खिच्यो । प्रर्दशनीमा सूर्यग्रहण कसरी लाग्छ भन्ने पनि देखाइएको थियो ।त्यहा राखिएका विद्यार्थीहरुले मिहिनेत गरेर बनाएका चित्रकलाले पनि सहभागि अभिभावक तथा अतिथिहरुको ध्यान खिचेको थियो ।
विज्ञान प्रर्दशनीमा विद्यार्थीहरुले बनाएका स्मार्ट सिटिका नमुना देखि विद्युत उत्पादनका नमुनाहरुले नवीनका विद्यार्थीहरु अब्बल बन्दै गएको देखाएको छ । विज्ञान प्रर्दशनीमा विद्यार्थीहरुले स्मार्ट सिटीमा आधुनिक टेक्नोलोजीको प्रयोगबाट बन्न सक्ने सिटीको कल्पना गरिएको छ । स्मार्ट सिटिमा आधुनिक अस्पताल देखि हेलीप्याडसहितका भवनहरु समेत देखाएको छ । त्यस्ता सिटिहरुमा सुरक्षाको राम्रो प्रवन्ध कसरी हुन्छ देखि खानेपानी, विद्युत, शिक्षण, अस्पतालदेखि हरेक क्षेत्रको आवश्यकता त्यहा कसरी मिलाइएको हुन्छ भन्ने देखाइएको छ ।
त्यस्तै विद्यार्थीहरुले घर घरका किचनहरुमा कसरी सावधानी अपनाउन सकिन्छ भन्ने पनि देखिाइएको छ । खाना पकाउने ग्यास लिक भएमा त्यसको संकेत आउने र सावधानी अपनाउन सकिने पनि नवीनका विद्यार्थी बनाएका छन । विज्ञान समुह कक्षा ११ मा अध्यानरत विद्यार्थी रोमा भुसालले आफूहरुले निकै मिहिनेत गरेर बनाइएको स्मार्ट सिटिमा धेरै कुराहरु समेटिएको बताइन ।
त्यस्तै प्रर्दशनीमा कक्षा ९ मा अध्यानरत विपना विकेले बुटवलमा हुने औद्योगिक तथा ब्यापार प्रर्दशनी स्थलको नमुना बनाएर राखेकी छिन् । प्रर्दशनी स्थलमा हुने पिङ देखि खेलकुद तथा मनोरञ्जन क्षेत्रका स्टलदेखि विभिन्न स्टलका नमुना यहा राखिएको छ । विद्यार्थीहरुले एकल तथा सामुहिक मिहिनेत बाट तयार गरेका नमुनाहरु आर्कषक देखिएको अतिथि तथा अभिभावकहरुले बताए । आधुनिक युगमा मोवाइल एपको प्रयोगबाट लिन सकिने सुविधाहरुबारे पनि प्रर्दशनीमा देखाइएको छ । विज्ञान प्रदशनी सगै चित्रकलाको पनि प्रर्दशन गरिएको छ । जहा नवीनमा विद्यार्थीहरुले मिहिनेत गरी बनाइएका चित्रहरु पनि राखिएको छन् ।
खाना महोत्सवमा विद्यार्थीहरुलाई भ्याइ नभ्याइ
नवीनमा अध्यानरत विद्यार्थीको संख्या ४ हजार ६ सय ८१ रहेको छ । यहा वार्षिकोत्सव समारोहमा ती विद्यार्थीका अभिभावनक तथा अतिथिहरु उपस्थीत हुदा विद्यालय क्षेत्रमा आइतबार भिडभाड थियो । त्यही भिडभाडमा विद्यार्थीहरुले खाना महोत्सव राखेका थिए । यहा ११ र १२ मा होटेल म्यानेजमेण्ट अध्यान गर्ने विद्यार्थीहरुले खाना महोत्सव राखेका थिए । महोत्सवमा विभिन्न खानाका परिकार राखिएको थियो । शिक्षक सुरज पौडेलका अनुसार होटेल म्यानेजमेण्ट तर्फ कक्षा ११ मा २६५ र १२ मा १६५ विद्यार्थी अध्यानरत छन् । ती मध्ये ६५ जना विद्यार्थी खाना महोत्सवमा खटिएका छन् । खाना पकाउने देखि महोत्सवमा गर्नुपर्ने सबै काम विद्यार्थीले गरेका छन् । ठूलो संख्यामा रहेका विद्यार्थी तथा अभिभावकहरुको माग पुरा गराउन खटेका विद्यार्थीहरु आज नया अनुभव भएको बताए । विद्यार्थी बिहानी अर्याल , सिमरन थापा यती ठूलो भिडभाडमा महोत्सव सञ्चालन गर्दा निकै खट्नु परेको अनुभव सुनाए । शिक्षक पौडेलले पनि ठूल ठूला कार्यक्रममा कसरी खाना खुवाउने भन्ने अनुभव महोत्सवले विद्यार्थीहरुलाई सिकाएको बताए ।
अध्यानलाई ब्यवहारिक रुपमा प्रयोग गर्दा ज्ञान हासिल गर्दै थप अब्बल बन्न योगदान गर्ने विद्यालयका प्रधानाध्यापक प्रेमवहादुर वस्नेत बताउछन् । विद्यालयमा शैक्षिक सुधार गर्दै नमुना विद्यालय बनाउन निकै मिहिनेत गरेको भन्दै उनले मिहिनेत अनुसार विद्यार्थीहरु पनि अब्बल बन्दै गएको बताउछन् ।
यहा अध्यानरत विद्यार्थीहरु खेलकुदमा पनि अब्बल बन्दै गएको खेल प्रशिक्षक नवराज खरेल र गणेश कुवर बताउछन् । खेल प्रशिक्षक तथा स्काउट मास्टर खरेल विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन स्काउटका कक्षाहरु पनि सञ्चालन हुदै आएको बताउछन् ।
नवीनमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन २०६० सालदेखि अग्रेजी माध्यममा पठन पाठन शुरु गरिएको थियो ।
नवीनमा ०६४ साल यताका नतिजा उत्कृष्ट रहदै आएको छ । प्रधानाध्यापक वस्नेत विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अगुवाई गरि रहेको भन्दै यहाका उत्कृष्ट विद्यार्थीहरुले थप शिक्षाका लागि विभिन्न क्षेत्रमा पूर्ण छात्रवृद्धिमा नाम निकाल्न सफल रहदै आएको बताउछन । नविनमा कक्षा ९ देखि १२ कक्षा सम्म इन्जिनियरिङ पढाइ हुन्छ । २०७८ साल कक्षा १२ को वोर्ड परीक्षामा सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन समुहबाट बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा सर्वोत्कृष्ट भएर २ लाख पुरस्कार प्राप्त गरेको थियो ।
विद्यालयले व्रिटिश काउन्सिलद्वारा इन्टरनेशनल स्कूल अर्वार्ड २०१७–२०२० र २०२१–२०२४ प्राप्त गर्नुका साथै अंग्रेजी पत्रिका कलेज रिडर्सद्वारा दुबईमा उत्कृष्ट सामुदायिक विद्यालय २०२२ बाट सम्मानित भएको थियो । विद्यालयमा मन्टेश्वरी देखि १० सम्म पूर्ण अंग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान,व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्यापन हुदै आएको छ । विद्यार्थीको चाप बढ्दो रहेकाले विद्यालयको थप विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल बताउछन् ।