२०८१ श्रावण १२

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन दर्ता
  • लुम्बिनी खोज
  • २०८० पुष २३, सोमबार १४:४० गते

काठमाण्डौं २३ पुस ।
राष्ट्रिय सभाको १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । तोकिएको समय सोमबार अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा गरी ५२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

 

Press_Release_09_23