२०८१ श्रावण १२

नेप्से परिसूचक २०.६२ अंकले बढ्यो, कारोबार ६ अर्ब माथि
  • लुम्बिनी खोज
  • २०८० पुष २४, मंगलवार १३:३१ गते

बुटवल २४ पुस ।
आज नेप्से परिसूचक एक प्रतिशतले बढेको छ। नेप्से परिसूचक २०.६२ अंकले बढेको हो।

१ प्रतिशतले बढ्दा नेप्से २०८०.१२ विन्दुमा बन्द भएको छ। मंगलबारको बजारमा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रूपैयाँको सेयर कारोबार भएको छ।
सोमबार ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको तुलनामा आज कारोबार रकम १ अर्ब ४४ करोड रूपैयाँ बढी हो।
साताको पहिलो कारोबार बजार घटेको भए पनि सोमबार र मंगलबार नेप्से सूचक हरियाली बनेको हो। पुस मसान्तको समयमा सेयर बजार हरियाली बनेपछि लगानीकर्ता उत्साहित बनेका छन्।