२०८१ श्रावण १२

नेप्से २०८९ अंकमा, पाँच अर्ब १३ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८० पुष २५, बुधबार १४:१० गते

बुटवल २५ पुस ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आज ९.५० अंकले बढेर दुई हजार ८९.६२ को विन्दुमा कायम भएको छ।
आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता सेयर ९२ हजार ६ सय दुईपटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ। मंगलबारको बजारमा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रूपैयाँको सेयर कारोबार भएको थियो।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ५.९५ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३ बराबरको ६ लाख ३४ हजार पाँच सय ९३ कित्ता सेयर कारोबार भएको छ।