२०८१ श्रावण १२

बुटवलमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी
  • लुम्बिनी खोज
  • २०८० पुष २६, बिहीबार १४:०६ गते

बुटवल २६ पुस ।
बुटवल नगर खेलकुद विकास समितिले पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को तयारी गरेको छ ।
यहि माघ ४, ५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई भब्य एवं व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि बुटवल नगर खेलकुद विकास समितिले तयारीका कामहरु गरिरहेको छ । कार्यक्रम सम्पन्न गर्न दशवटा उपसमिति र पाँचवटा खेल विद्या संयोजक तोकेको बुटवल नगर खेलकुद विकास समितिको संयोजक बोनिन पियाले बताए ।
राष्ट्रपति रनिङ्ग शिल्ड २०८० का सचिव प्रेम बहादुर बस्नेतका अनुसार खेलमा १०२ वटा स्वर्ण, १०२ वटा रजत र १४६ कास्य गरी तीनसय पचास विद्यार्थीहरुले मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।राष्टपति रनिङ्ग शिल्डमा छात्र र छात्राको लागि १७ वटा खेल विद्या र ५४ वटा खेलहरु संचालन हुने छन् ।
जसमा एथलेटिक्स तर्फ फिल्ड तर्फ हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट गरी १० वटा खेल र ट्रयाक तर्फ दौडहरु सय मिटर, दुई सय, चार सय ,आठसय, एकहजार पांच सय र तीन हजार गरी छ विद्या र मार्शल आर्ट तर्फ करातेमा १० खेल २ वटा काता तेक्वान्डोमा १० खेल र २ वटा एकल पुम्से तौल अनुसार हुने छ ।
भलिवलतर्फ एक समुहमा दस जना खेलाडी सहभागी हुने छन् र कवडीमा पनि दश जनाको प्रतिनिधित्व हुने छ । कवडीमा छात्र ७० केजी मुनि र छात्रा ६५ केजी कम तौल भएकोले मात्र खेलमा प्रतिस्पर्धा गर्न पाउने छ र खेलमा गैर विद्यार्थी र अठार बर्ष नाघेको २०६२ माघ ४ गते भन्दा अगाडी जन्ममिति भएकोले खेलमा सहभागी हुन पाउने छैन र सबै एकल र सामुहिक खेल विद्यामा सहभागी गराएमा एउटा विद्यालयबाट एक सय दुई जना विद्यार्थी सहभागी रहने छ । बुटवलमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा ४० र चौथोमा ३८ वटा सामुदायिक र निजी विद्यालयहरुको सहभागीता रहेको थियो । यस पटक बुटवल उपमहानगरपालिकाका सामुदायिकबाट २१ वटा र निजी विद्यालयबाट २२वटा गरी ४३ वटा विद्यालयहरुको सहभागिता रहने छ । पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालनको जिम्मेवारी पाएको नवीन औद्योगिक कदर बहादुर रीता माविले करिव २०० देखि ५०० कलाकारहरुको सहभागितामा कौडा र झ्याउरे नृत्य, नृत्य प्रशिक्षक अर्जुन शाह ठकुरीको नेतृत्वमा कार्यक्रम हुने छ । कालिका मानवज्ञान माविले पिटी तथा ड्रिल प्रदर्शन गर्ने छ । बुटवल उपमहानगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले माघ ४ गते विहिवार एन्फा टेक्निकल सेन्टरमा गर्नेछन् ।
बुटवल नगर खेलकुद विकास समितिले पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० मा खेलाडीहरुलाई उत्प्रेरित र प्रोत्साहित गर्न एकल विद्यामा स्वर्ण पदक विजेता खेलाडीलाई दुई हजार, रजत पदक विजेतालाई एक हजार पाँच सय र कास्य पदक विजेतालाई एक हजार नगद पुरस्कार फाइनल विजेतालाई खेल पुरस्कार मार्चपास र्‍र्‍याली सहित विद्यार्थी र विद्यालयलाई गरी चार लाख चौरासी हजार पुरस्कार दिने भएको छ रनिङ्ग शिल्डको व्यवस्था र खेल अवधीभर खेलाडी विद्यार्थीहरुको विमा गरिएको छ । नवीन औद्योगिक कदर बहादुर रीता माविले १०२ वटामा सहभागी गराएको छन भने सबै भन्दा कम समिट बोर्डिङ्ग स्कुलले ३ जनालाई मात्र खेलमा खेलाडी सहभागी गराएको छ ।
कार्यक्रम तयारीका क्रममा बिहिवार संयोजक बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजय राज पण्डित, बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष एवं पुर्व खेलाडी हरि प्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिकी सदस्य कोपिला ज्ञवाली, बुटवल नगर खेलकुद विकास समितिका सदस्य एवं राष्ट्रपति रनिङ्ग शिल्डका सहसंयोजक लाल हरि पाण्डेय, राष्ट्रपति रनिङ्ग शिल्ड २०८० का सचिव प्रेम बहादुर बस्नेतलगायतले तयारीका बारेमा चर्चा गरेका थिए । कार्यक्रम सम्पन्न गर्न विभिन्न समिति क्रियाशिल रहेका छन् । जसमा म्याच कमिश्नर पुर्व खेलाडी वडा नं. ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सहसंयोजक तथा मुल्यांकन तथा जुरी व्यवस्थापन उपसमितिको संयोजकमा लालहरि पाण्डेय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिव तथा सचिवालय तथा पुरस्कार व्यवस्थापन उपसमितिका संयोजक प्रेम बहादुर बस्नेत, बुटवल नगर खेलकुद विकास समितिको सचिव तथा अतिथि सत्कार उपसमितिको संयोजक कोपिला ज्ञवाली, मार्च पास तथा अनुशासन प्राविधिक व्यवस्थापन उप समिति संयोजक हरिश वली, स्वयम् सेवक तथा ट्राफिक व्यवस्थापन उपसमितिको संयोजकमा राजु गुरुङ, मन्च व्यवस्थापन उपसमितिको संयोजकमा मनमोहन गुभाजु ,खाजा तथा खाना व्यवस्थापन उपसमितिको संयोजकमा घनश्याम श्रेष्ठ उदय, फिल्ड व्यवस्थापन उपसमितिको संयोजकमा याम गुरुङ, प्राथमिक स्वास्थ्य उपचार तथा एम्बुलेन्स व्यवस्थापन उपसमितिको संयोजकमा हेमराज आचार्य र प्रचारप्रसार उपसमितिको संयोजक सी.पी.खनाल रहेका छन् । खेल विद्या अन्तरगत एथलेटिक्सको संयोजकमा मोहन घले, भलिवलमा अर्जुन घिमिरे, तेक्वान्डोमा राजिव शिह क्षेत्री, करातेमा उमेश थापा, कवड्डीमा महेन्द्र बहादुर सुनार रहेका छन् ।