२०८१ श्रावण १२

बुटवल उवासंघमा थप तीनवटा बस्तुगत समिति गठन
  • लुम्बिनी खोज
  • २०८० पुष २६, बिहीबार १४:२९ गते

बुटवल २६ पुस ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा बस्तुगत समिति गठन गरिएको छ । बिहिबार भएको सदस्य व्यवसायीहरुको छुट्टाछुट्टै भेलाले उद्योग तर्फका निर्माण व्यवसायी, फर्निचर (समिल) र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समिति गठन गरिएको उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराए ।
निर्माण व्यवसायी समितिको समन्वयकर्ता कार्यसमिति सदस्य निर्मित कसजू, फर्निचर (समिल) समितिको समन्वयकर्ता कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको समन्वयकर्ता कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्य रहेका छन् ।
कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि स्थापित संघले त्यो संगसंगै उद्योगी व्यवसायीहरुको व्यवसायिक विकासका कायक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेको जानकारी गराए । गठित बस्तुगत समितिले सम्बन्धित बस्तुगत समिति अन्तरगतका उद्योगी व्यवसायीहरुमा भएका समस्या उठान गरेर संघमा जानकारी गराउन आग्रह गरे ।
निर्माण व्यवसायी बस्तुगत समितिको सभापतिमा सन्तोष केसी, उपसभापतिमा दामोदरलाल जोशी, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यमा शान्ति श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै यदुनाथ पाण्डे, नारायण बस्याल र मोहनलाल जोशीलाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस्तै फर्निचर (समिल) बस्तुगत समितिको सभापतिमा नरबहादुर श्रीसलाई चयन गरिएको छ । उक्त समितिको उपसभापतिमा बुद्धबहादुर सारु, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा केयरसिंह सिंजाली तथा सदस्यहरुमा विष्णु भुसाल पाण्डे र कृष्णप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै बोनिन पिया, नरेशकुमार श्रेष्ठ, सुरेन्द्र ज्ञवाली, जीवकान्त काफ्ले, सावित्रा टण्डन र नेत्रबहादुर रुचाललाई सल्लाहकारमा चयन गरिएको छ ।
ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको सभापतिमा उमेशप्रसाद श्रेष्ठ, उपसभापतिमा महेन्द्रकुमार कार्की, सचिवमा दिपक थापा तथा सदस्यहरुमा विजय श्रेष्ठ, विनोदराज न्यौपाने र मानबहादुर विकलाई चयन गरिएको छ । त्यस्तै अशोक बर्मा र देवानसिंह थापालाई सल्लाहकार चयन गरिएको छ । संघमा यस अंगाडि २४ वटा बस्तुगत समिति गठन भईसकेका छन् ।
कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसाल, फर्निचर बस्तुगत समितिका सल्लाहकार जीवकान्त काफ्ले, सावित्रा टण्डन, अशोक बर्मालगायतले भनाई राखेका थिए।