२०८१ श्रावण १२

सेयर बजारमा सामान्य गिरावट
  • लुम्बिनी खोज
  • २०८० पुष २६, बिहीबार १४:३६ गते

बुटवल २६ पुस ।

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ०.६२ अंकले घटेको छ । सोमबारदेखि लगातार बढेको बजार यस दिन घटेको हो।
आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार सुरु हुँदा परिसूचक बढेपनि अन्तिम समयमा ‘करेक्सन’ हुँदै ०.६२ अंकको गिरावटसँगै बन्द भएको हो ।आज नेप्से परिसूचक बढेर २१०६ अंकसम्म पुगेपनि अन्तिम समयमा ओरालो लाग्दै २०८९ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।
आज ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँभन्दा बढीको २ करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।