२०८१ श्रावण १२

दाङमा बस दुर्घटना, १२ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० पुष २८, शनिबार ०९:१८ गते

दाङ २८ पुस ।
दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहाह बस खस्दा १२ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
सबै शव लमहीस्थित अस्पतालमा पठाइएको छ । घाइतेलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।
शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख ३९१२ नम्बरको यात्रु बस पुलबाट खसेको हो । बस तीव्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार बाँके का वर्ष ६०का कुसुम बस्नेत, मकवानपुर का वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी का ६५ वर्षका ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्ष ४० का मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामवरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको मृत्यु भएको छ ।

घटनालगत्तै पुगेको प्रहरीले पाँच जनालाई उद्दार गरि अस्पताल पठाउँदा उनीहरुको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । पछि बसले च्यापिएको अवस्थामा सात जनाको शव जेसीवीले निकालेको हो ।