२०८१ श्रावण १२

विद्युत प्राधिकरणले ६० अर्बको आइपिओ जारी गर्ने
  • लुम्बिनी खोज
  • २०८० पुष २८, शनिबार ११:४७ गते

बुटवल २८ पुस ।
नेपाल विद्युत प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने गरी तयारी थालेको छ ।
प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो।
शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ। अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद् मा  पेस गर्ने तयारी गरेको बताइएको छ।