२०८१ श्रावण १२

एडीबी र रुपन्देहीका ५ पालिकाबीच ऋण सम्झौता
  • लुम्बिनी खोज
  • २०८० माघ ३, बुधबार १४:१६ गते

 

बुटवल ३ माघ ।
नेपाल सरकार र एसियाली विकास बैँक(एडिबी)बिच पुर्वाधार निर्माण तथा विस्तारका लागी रु.६ अर्ब बराबरको सहुलियतपुर्ण ऋणमा सम्झौता भएको छ ।
एसियाली बिकास बैंकद्वारा ७५३ वटा पालिका मध्ये पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पुर्वाधार विकास र विस्तारका लागी अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको हो ।
अर्थ मन्त्रालय तथा शहरी बिकास मन्त्रालय सिंहदरबार काठमाडौमा आज औपचारिक रुपमा १ महानगरपालिका,१ उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबी संग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाईएको छ । यो संगै विभिन्न पुर्वाधार निर्माणका काम सुरु हुने भएको छ ।