२०८१ श्रावण १२

व्यापार संघको अध्यक्षमा अधिकारी
  • लुम्बिनी खोज
  • २०८० माघ ६, शनिबार १५:३३ गते

बुटवल, ६ माघ ।
रुपन्देही ब्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशन अन्तरगत मतदानबाट उनी आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिकारीले ५४३ मत ल्याएर विजयी भए ।
अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए । संघको अन्य पदाधिकारी र सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।
संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी बिजयी भएका छन् । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उनका प्रतिस्पर्धी ऋषिराम पाण्डेले ४४७ मत पाए ।

त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ प्रेमनाथ पाण्डे बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नामदेव पाण्डेले ४११ मत प्राप्त गरे । संघको कोषाध्यक्षमा मनिराम खनाल ५४४ मतका साथ बिजयी भए भने झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे ।
त्यसैगरी सचिव पदमा मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुँदा उनका प्रतिस्पर्धी मनिमदिन मियाले ४३८ मत प्राप्त गरे । सहसचिव पदमा प्रकाशराज पौडेलले ५४८ मत सहित बिजयी भए भने उनका प्रतिस्पर्धी मेघनाथ पौडेलले ४४६ मतमा पाए । सहकोषाध्यक्ष पदमा ५१९मत सहित अर्जुन प्रसाद भट्टराई बिजयी भए भने बिनित भटराईले ४८५ मत प्राप्त गरे।
संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त निर्विरोध निर्वाचित भए ।
संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल बिजयी भएका छन् ।
त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ बिजयी भएका छन् । कुल १६ सय १ जना मतदाता रहेको संघको निर्वाचनमा एकहजार ८७ मत खसेको थियो ।