२०८१ श्रावण १२

बुटवलमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
  • लुम्बिनी खोज
  • २०८० माघ ७, आईतवार ११:२० गते

बुटवल ।
बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको विशिष्ट आतिथ्यतमा समापन समारोह सम्पन्न भएको छ ।समापन समारोहमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड कालिका मानव ज्ञान मा.वि. बुटवलले २५ स्वर्ण, ११ रजत र ३ कास्य गरी ३९ पदक प्राप्त गरी प्रथम भएको छ । न्यु होराइजन मा.वि. ५ स्वर्ण, ३ रजत , ८ कास्य गरी १९ पदक प्राप्त गरी द्वितीय भएको छ, दीप वोर्डिङ्ग मा.वि.ले ५ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १३ पदक प्राप्त गरी तृतीय भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. ३ स्वर्ण, ४ रजत र ५ कास्य गरी १२ पदक प्राप्त गरी चौथो भएको छ । २१ वटा सामुदायिक २१ वटा संस्थागत गरी ४२ वटा विद्यालयहरु सहभागी रहेको प्रतियोगितामा १३ सामुदायिक १७ संस्थागत गरी ३० वटा विद्यालयहरुले पदक प्राप्त गरेका छन् ।
रनिङ्ग शिल्डमा प्रथम, द्वितीय, तृतीय, मार्च पासमा प्रथम, द्वितीय, तृतीय र सान्तवना पदक प्राप्त गर्ने विद्यार्थी, उपसमितिका संयोजक तथा सदस्य, खेल विद्याका संयोजक, उत्कृष्ट नृत्य प्रदर्शनमा अगुवाई गर्ने अर्जुन शाह ठकुरी, प्रविधियुक्त झण्डोतलन, एनसीसी मार्फत उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रमुख अतिथि खेलराज पाण्डे उपप्रमुख उप सावित्रा देवी अर्याल प्रशासकीय अधिकृत मित्रमणि खनाल लगायतले नगद पुरस्कार प्रमाणपत्र र पदक वितरण गरे। समुहगत खेलमा छात्र छात्रा भलिवलमा न्यु होराइजन मा.वि. विजेता बनेको छ । भने छात्र कवडीमा न्यु होराइजन र छात्रा कवडीमा कालिका मानवज्ञान मा.वि. विजेता बनेको छ ।बुटवल नगर खेलकुद विकास समितिका संयोजक एवं पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० का संयोजक बोनिन पियाको अध्यक्षतामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० का सचिव प्रेम बहादुर बस्नेतको संचालनमा सम्पन्न कार्यक्रममा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड निर्देशक समितिका सदस्य एवं वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, निर्देशक समितिका सदस्य रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव राजेन्द्र श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, वडा नं. १० का वडा अध्यक्ष बल बहादुर पुन मगर, कालिका मानव ज्ञान मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्या नन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापा, नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष टिकाराम शर्मा पौडेल, लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्यहरु राजकुमार पाण्डेय, हरिश वली, अर्जुन घिमिरेलगायतको सहभागिता रहेको थियो ।