२०८१ श्रावण १२

उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन
  • लुम्बिनी खोज
  • २०८० माघ ८, सोमबार ११:४३ गते

 

बुटवल, ८ माघ ।
रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको भेलाले सोमबार प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ ।
भेलाले त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सिनाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा नेशनल पि.भि.सी.बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल, सचिवमा महाकाली प्लाष्टिकका बिनित कसौधन र सदस्यहरुमा सत्यम पोलिमर्सका शिशिर पौडेल, एभरेष्ट एव्रासिभ एण्ड एलाइड इण्डष्ट्रिज (प्रा.) लि.का प्रदिप अधिकारी, इन्द्रेणी प्लाष्टिक उद्योगका धु्रब कोइराला, भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि.का अंमृत भुसाल, पूजा प्लाष्टिक इण्डष्ट्रिजका लोकनाथ भट्टराई, ग्लोबल फ्रेब्रिकेशन इण्डष्ट्रिजका बसन्त घिमिरे, चयन भउका छन् ।
भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, सचिव सु्मन बस्याल, कार्यसमिति सदस्य लाल प्रसाद बस्याललाई चयन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि पहल गर्न सहज होस् भनेर वस्तुगत समिति गठन गरिएको चन्दै त्यसलाई क्रियाशील बनाउन प्लाष्टिक उद्योगीहरुलाई आग्रह गरे । उनले संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिए ।
भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगीहरुका वस्तुगत समस्याहरुको पहिचानका लागि उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै बस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनुपर्ने धारणा राखे । उनले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारहरुका बारेमा जानकारी गराएका थिए ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा कोषाध्यक्ष युवराज आचार्यको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नव गठित वस्तुगत समितिका संयोजक तेजनाथ तिमिल्सिनाले संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा उद्योगीहरुलाई धन्यवाद दिंदै प्लाष्टिक उद्योगीका समस्यालाई संघसँग सहकार्य गरी समाधानको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेलबासे, संघका कार्यसमिति सदस्य प्रज्जवल थान्जु र प्लाष्टिक उद्योगीहरुको उपस्थिति रहेको थियो ।