२०८१ श्रावण १२

व्यापार संघमा नया कार्य समितिको शपथ तथा पदभार ग्रहण
  • लुम्बिनी खोज
  • २०८० माघ १०, बुधबार १२:३७ गते

रुपन्देहीमा एकिकृत विकास परियोजना जरुरीः सांसद घिमिरे

बुटवल, १० माघ ।
रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिको शपथ तथा पदभार ग्रहण भएको छ ।
बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले शपथ गराएका छन् । कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ का सांसद बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए भने संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाइदिएका थिए ।
त्यस अवसरमा महासचिव दयानिधि भण्डारीले नवनिर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष ऋषिराम पाण्डेले नवनिर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै सांसद घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससंगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडी बढाउनु पर्ने बताए । उनले यस क्षेत्रको विकासका लागि यस क्षेत्रका जनप्रतिनिधिहरुले सामुहिक पहल गर्दै आएको भएतापनि हामी सबैको चाहाना अनुसारको काम हुन नसकेको बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले स्थानिय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउदै व्यवसायीक क्षेत्रका समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता जनाइन ।
संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाइ मजबुत बनाउन नै मद्दत गरेको बताउदै संघको हित विपरित कुनै गतिविधि हनु नदिन सबै लाग्नु पर्ने धारणा राखे । उनले संघलाई यहासम्म ल्याइपु¥याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफु प्रतिवद्ध रहने बताए ।
संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रजातान्त्रिक विधिबाट नया नेतृत्व चयन भएको हुदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि काम गर्न आग्रह गरे ।
नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले संघको गरिमालाई उचाईमा पु¥याउन आफू मन, वचन र कर्मले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा
त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको बताए । आफ्नो कार्यकालमा तिनै तहका सरकार र सम्पूर्ण व्यावसायी संघसंस्थासँग सुमधुर सम्बन्ध कायम गरी आवश्यकता अनुसार संयुक्त कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्ने अधिकारीको भनाई थियो ।
कार्यक्रम रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरुकोतर्फबाट पदम प्रसाद श्रेष्ठ, व्यवसायीक संघसंस्थाहरुकोतर्फबाट उद्योग व्यापार संगठनका अध्यक्ष विष्णु पाण्डेलगायतले बोल्दै आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । संघको केही दिन अगाडी सम्पन्न अधिबेशनले अधिकारीको नेतृत्वमा नया कार्यसमिति चयन गरेको थियो ।
दुई चरणमा भएको कार्यक्रममा पहिलो चरणको अध्यक्षता संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले र कार्यक्रम सञ्चालन महासचिव दयानिधि भण्डारीले गरेका थिए । स्वागत वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले गरेका थिए ।
दोस्रो चरणको कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले र सञ्चालन नवनिर्वाचित महासचिव फर्सुराम पन्त तथा धन्यवाद ज्ञापन संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले गरेका थिए ।