२०८१ श्रावण १२

नेप्से २०८८ अंकमा
  • लुम्बिनी खोज
  • २०८० माघ १०, बुधबार १३:११ गते

बुटवल १० माघ।
आज बुधवार नेप्से परिसूचक १०.२५ अंकले घटेको छ । आज दुई हजार ८८.०४ अंकमा कायम भएको छ । केहीदिन यता लगातार सेयर बजार ओरालो लागेको छ । आज बुधबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.२५ अंकले घटेको हो । आज विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता सेयर ९० हजार दुई सय १० पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएको छ।