२०८१ श्रावण १२

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
  • लुम्बिनी खोज
  • २०८० माघ १२, शुक्रबार १५:५४ गते

  बुटवल, १२माघ ।   नेपाली  बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।