२०८१ श्रावण १२

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० माघ १४, आईतवार १०:२९ गते

बुटवल १४ माघ ।

व्यवस्थापन संकाय सहित अन्य संकायका विद्यार्थीहरूले प्राध्यापक वा शिक्षक बन्ने लक्ष्य लिँदा पनि अन्तर्राष्ट्रिय गरिमायुक्त वृत्ति (करियर) बन्नसक्ने त्रिभुवन विश्वविद्यालयका सहायक डीन प्राध्यापक डाक्टर दिलीप पराजुलीले बताएका छन् ।
रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एम.बी.एस.का विद्यार्थीका लागि आयोजित पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. पराजुलीले नेपालमै भविष्य प्रशस्त भएको सम्भावनाबारे उल्लेख गर्दै विदेश नै जानेभएमा त्यहाँको नेतृत्व समेत लिनेगरी अघि बढ्न सुझाव दिए ।
एम.बी.एस. कार्यक्रम कार्यक्रम संयोजक राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले यस क्षेत्रको प्राज्ञिक सँगै आर्थिक विकाशका लागि स्नातकोत्तर तहका विद्यार्थीको गहन भूमिका रहने उल्लेख गरे ।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट एवम् गुणस्तरीय शिक्षाका लागि संस्थाले काम गर्दै आएको बताए ।
सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको स्वागतमा भएको कार्यक्रममा एम.वी.एस. कार्यक्रम प्रमुख राजेन्द्र थापामगर, डा. अशोक भण्डारी, नरेश भण्डारी लगायतले अभिमुखीकरण प्रशिक्षण दिए ।
अभिमुखीकरण कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ४० जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिए ।
कार्यक्रममा शिक्षा तथा मानविकी संकाय प्रमुख लक्ष्मण खरेल, कार्यक्रमका पूर्व प्रमुख कृष्णकुमार रेग्मी, नोवराज तिवारी, केशरचन्द्र भण्डारी, सुबोध भट्टराई, वेदप्रसाद न्यौपाने, मनोज पौडेल, विष्णुप्रसाद भुसाल, पुस्तकालय प्रमुख अम्बिका न्यौपाने लगायतको उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।