२०८१ श्रावण १२

बुटवल उवासंघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० माघ १४, आईतवार १०:४० गते

 

बुटवल १४ माघ ।
बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ र अध्यान्त फण्ड म्यानेजमेन्ट लि. बिच दुई पक्षीय सम्झौता भईसकेको छ । उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष हरीप्रसाद अर्याल र अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडको तर्फबाट सञ्चार तथा समन्वय प्रवन्धक निश्चल सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासैग ‘रुप अफ द वल्र्ड’ परियोजना अन्तरगत रहेर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने तथा साना तथा मझौला उद्योग व्यवसायीहरुलाई आवश्यक व्यवसायिक सेवा प्रदान गर्नको लागि संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेछ । ‘रुप अफ द वल्र्ड’ परियोजनाले साना तथा मझौला व्यवसायीलाई व्यवसाय विस्तारको लागि योजना निर्माण गर्नुको साथै शेयर पुँजी समेत प्रदान गर्ने गर्दछ ।