२०८१ श्रावण १२

सेयर बजार १० अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० माघ १४, आईतवार १०:५० गते

बुटवल १४ माघ ।
साताको पहिलो कारोबार दिन दोहोरो अंकमा सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो । गत साता घटेको नेप्से आइतबार १०.३७ अंकले बढेर दुई हजार ९४.४६ विन्दुमा पुगेको हो।

आज तीन सय ६ कम्पनीका एक करोड सात लाख ५१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ७० कम्पनीको सेयर मूल्य घट्दा एक सय ७३ कम्पनीको मूल्यमा वृद्धि भएको छ।