२०८२ माघ २८
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको छ । शुक्रबार भएको भेलाले सात सदस्ययी तदर्थ समिति गठन गरेको हो ।
प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले बलबहादुर पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा डा. निमा शेर्पा, डा. दीपक प्रसाद आचार्य, मेघनाथ खनाल, दयाराम भण्डारी, अञ्जु खनाल स्वस्तीराज भण्डारी रहेका छन् । तदर्थ समितिले तीन महिनाभित्र अधिवेशन गरी नेतृत्व चयन गर्नेछ ।
सो अवसरमा बोल्दै संघका केन्द्रीय अध्यक्ष थापाले विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि प्राध्यापक संघले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पेशागत हकहीत र विश्वविद्यालयको विकासमा सहयोगी भई काम गर्नुपर्ने दायित्व संघको रहेको बताए ।
भेलामा नेपाल प्राध्यापक संघका केन्द्रीय महासचिव नरेन्द्र प्रसाद सिवाकोटी, सचिव बैकुण्ठ प्रसाद खनाल, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त परीक्षा नियन्त्रक इन्द्रप्रसाद काफ्ले लगायत विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।