२०८१ श्रावण १२

नेप्से १० अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० माघ १५, सोमबार १२:१६ गते

बुटवल १५ माघ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १०.२६ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.४८ प्रतिशतले बढेर दुई हजार १०४.७२ को विन्दुमा कायम भएको हो।
तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको छ। आइतबार तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रु. ६० करोड १६ लाख ७१ हजार आठ सय नौबराबरको नौ लाख पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ।