२०८१ श्रावण १२

बुटवल उवासंघले पुसमा औद्योगिक व्यापार मेला गर्ने
  • लुम्बिनी खोज
  • २०८० माघ १५, सोमबार १२:२३ गते

बुटवल १५ माघ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले २०८१ सालको पुस महिनामा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको छ । २०४१ सालमा पहिलो पटक औद्योगिक प्रदर्शनी गरेको संघले हालसम्म ११ औं संस्करणको औद्योगिक व्यापार मेला सम्पन्न गरिसकेको छ । संघको सोमबार संघका अध्यक्ष हरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले २०८१ पुसमा १२ औं संस्करणको औद्योगिक व्यापार मेला गर्ने निर्णय गर्दै आवश्यक समन्वय र अनुमतीका लागि बुटवल उपमहानगरपालिका लगायत सम्वद्ध निकायमा पत्राचार गर्ने निर्णय गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
बैठकबाट कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आन्तरिक जिम्मेवारी पनि प्रदान गरिएको छ । त्यस्तै संघमा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसंग संघमा व्यवसायिक सेवा गुणस्तर र विस्तारका लागि तीन वर्षका लागि युएसएईडिको रुफ अफ द वल्र्ड कार्यक्रम सञ्चालनको लागि भएको सम्झौता अनुमोदन गरिएको छ ।