२०८१ श्रावण १२

आज सहिद दिवस
  • लुम्बिनी खोज
  • २०८० माघ १६, मंगलवार ०८:११ गते

बुटवल १६ माघ ।
आज सहिद दिवस । देश र जनताका लागि शहादत प्राप्त गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदै छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर सहिद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने कार्यक्रम जारी छ ।
देश र जनताका लागि प्राण आहुति दिने सहिदहरूको विशेष सम्झना गरिने दिनका रूपमा सहिद दिवसलाई लिइन्छ ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएका थिए ।