२०८१ श्रावण १२

संघीय लोकतान्त्रिक गणतन्त्रको समुचित व्यवस्थापन आजको तड्कारो आवश्यकताः प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८० माघ १६, मंगलवार ०८:२१ गते

बुटवल १६ माघ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संघीय लोकतान्त्रिक गणतन्त्रको समुचित व्यवस्थापन आजको तड्कारो आवश्यकता रहेको बताएका छन् । उनले देश र जनताका निम्ति आफ्नो जीवनको उत्सर्ग गर्ने शहिदहरु लखन थापा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत नागरिक स्वतन्त्रता, लोकतन्त्र, जनअधिकार र जनजीविकाको लडाईमा जीवन बलिदान गर्ने शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शहिद दिवस २०८०को अबसरमा उनले जारी गरेको विज्ञप्तीमा महान् शहिदहरुको बलिदानको जगमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीन राष्ट्र निर्माण हुन पुगेको बताएका छन् ।
नेपाल शान्ति, समृद्धि र सामाजिक न्याय भएको राष्ट्रको रुपमा अगाडी बढ्न थालेको छ । यसका लागि समाजवाद उन्मुख संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजान सकेमा मात्र शहिदहरुको बलिदान सार्थक हुनेछ । भन्दै उनले यस अभियानमा सबै निरन्तर क्रियाशिल हुन आग्रह गरेका छन् । ।
प्रदेश प्रमुख शेरचनले शहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दै शहिद दिवसले सबै नेपालीहरुको आकाँक्षालाई पच्छाउदै सुशासनलाई व्यवस्थित गर्दै भ्रष्ट्राचार एवं कमिशन रहितको राज्य व्यवस्था निमार्ण गर्न हौसला र उत्प्रेरणा जगाउन सफल होस् भन्ने आशा र विश्वासको साथ शहिदहरुप्रति पुनः सम्मान व्यक्त गरेका छन् ।