७ बैशाख २०८१, शुक्रबार

पेट्रोलमा ४, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि
  • लुम्बिनी खोज
  • १७ माघ २०८०, बुधबार १६:०१

काठमाण्डौं १७ माघ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । निगमले एलपी ग्यासमा समेत मुल्य वृद्धि गरेको छ । एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।